+
+

नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १४:१०

८ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ११ जेठमा छलफल हुने भएको छ ।

सहकारीको वचत रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसद अवरोध गर्दै आएको छ ।

विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको यसअघि तय भएको तालिका प्रभावित भएको छ । १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि जेठ ३, ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल गर्ने तालिका तय भएको थियो । जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो ।
तर, कांग्रेसले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत पनि लिएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि यही जेठ ११ गते छलफल हुने जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममा सहभागी हुने सांसदलाई एक घण्टा अगावै नाम टिपाउन पनि सभामुख घिमिरेले आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिनका लागि जेठ ९ गतेसम्मको समय तय गरिएको छ ।

विपक्षी दलहरुको अवरोधले राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ । राष्ट्रिय सभामा पनि जेठ ११ गते नै नीति तथा कार्यक्रममाथि छलफल हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?