२३ मंसिर, काठमाडौं । म्यानचेष्टर युनाइटेडले रोविन भानपर्सीले दुई गोलको मदतमा साउथह्याम्पटनलाई पराजित गरेको छ ।
सोमबार राति साउथह्याम्पटनलाई २–१ ले पराजित गर्दै युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
युनाइटेडको १५ खेलबाट २८ अंक भएको छ । लिग लिडर चेल्सीको ३६ र दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३३ अंक छ ।
सेन्ट मेरीमा भएको खेलमा युनाइटेडले १२ औं मिनेटमा भानपर्सीको गोलबाट अग्रता लिएको थियो । जोसे फोन्टको व्याकपासमा उनले गोल गरेका हुन् ।
तर, ३१ औं मिनेटमा ग्राजियानो पेलेले घरेलु टोलीका लागि बराबरी गोल गरे । खेलमा साउथह्याम्पटनले केही राम्रो अवसरहरु सृजना गरेपनि गोल गर्न सकेन ।
७१ औं मिनेटमा भानपर्सीले व्यक्रिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।
साउथ ह्याम्पटनले युनाइटेडको पोष्टमा १५ पटक प्रहार गरेको थियो, जसमध्ये चार प्रहार सही दिशामा थियो ।
तर, युनाइटेड तीन पटक पोष्टमा प्रहार गर्दा दुई गोल गर्दै खेल जितेको छ ।
प्रतिक्रिया 4