Comments Add Comment

वैद्य माओवादी र क्युवाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने

baidhya-and-sosa final

२४ मंसिर, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र क्युबाली राजदूत अबेलार्डो क्वेटो सोसाबीच बुधबार भेटवार्ता भएको छ ।

भेटमा साम्राज्यवादविरुद्ध दुबै देशका जनतालाई एकजुट बनाउनेबारे छलफल भएको माओवादी प्रवक्ता पम्फा भुसालले बताएकी छन् ।

साथै नेकपा-माओवादी र क्युवाली कम्युनिष्ट पार्टीबीच आगामी दिनमा छलफल, भेटघाट, अध्ययन अनुसन्धान र सहयोग आदान- प्रदान बढाउने सहमति भएको भुसालले विज्ञप्तिमार्फत जनाइन् ।

नेपालमा क्युबाली राजदूतावास छैन । दिल्लीमा रहेको दूतावासले नै नेपाललाई हेर्दै आएको छ । भारतका लागि क्युबाली राजदूत सोसाले काठमाडौंमा आएर वैद्यसँग भेट गरेका हुन् ।

वैद्य माओवादीबाट अलग भएका नेत्रविक्रम चन्द ‘विप्लव’ले क्युवाली क्रान्तिकारी नेता चे ग्वेभाराको बाटो समात्ने चर्चा भइरहेका बेला वैद्यले क्युबाली राजदूतसँग सहकार्य गर्ने सहमति गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment