Comments Add Comment

बाराको सेजलाई मिनी हरिद्वार बनाउने बाबा रामदेवको इच्छा

Mahesh-basnet-with-baba-ramdev

२४ मंसिर, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेत र योगगुरु बाबा रामदेवबीच भेटवार्ता भएको छ । भारतको हरिद्वारमा भएको भेटमा उद्योगमन्त्री बस्नेतले रामदेवलाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर उपहार दिएका छन् ।

भेटमा बाबा रामदेवले बाराको सेज (स्पेशल इकोनोमिक जोन)लाई मिनि हरिद्वारका रुपमा बनाउन चाहेको बताए । पतंजली योगपीठका तर्फबाट आचार्य बालकृष्णले सेजमा पतंलजीको उद्योग स्थापना गर्न इच्छा व्यक्त गरे ।

जवाफमा मन्त्री बस्नेतले प्रक्रियामा पुयाइ आएमा उद्योग स्थापनाका लागि इजाजत दिन सकिने बताएको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment