Comments Add Comment

‘विद्रोही शक्ति’लाई साथ लिन कांग्रेस-एमालेलाई राष्ट्रपतिको आग्रह

rambaran-yadav

२४ मंसिर, काठमाडौं । राष्ट्रपति डा. राममवरण यादवले ‘विद्रोही शक्ति’ (एमाओवादी) लाई साथमा लिएर मात्र अघि बढ्न सत्तारुढ कांग्रेस र एमालेलाई आग्रह गरेका छन् ।

साथै उनले शान्ति प्रक्रिया र संविधान निर्माण निर्माणलाई निष्कर्षमा पुर्‍याउन जिम्मेवार रुपमा प्रस्तुत हुन माओवादीलाई आग्रह गरेका छन् ।

राष्ट्रपति यादवले बुधबार विहान एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् भने कांग्रेस उपसभापति रामभन्द्र पौडेलसँग दिउँसो र एमाले वरिष्ठ नेता झलनाथ खनालसँग साँझ परामर्श गरे ।

राष्ट्रपतिले नेताहरुलाई माघ ८ मा संविधान जारी गर्ने प्रतिवद्धता स्मरण गराएका छन् । ‘दलहरुले आफ्नो प्रतिवद्धता पूरा नगर्ने हो भने जनताको विश्वास हट्नसक्छ’ राष्ट्रपतिले नेताहरुलाई भने-‘त्यसलाई जोगाउन पनि माघ ८ मा संविधान दिन जरुरी छ ।’

संविधानका लागि राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको राष्ट्रपतिले बताए । ‘संविधान जारी गर्न मात्र होइन, जारी भएपछि त्यसलाई जीवित राख्न पनि दलहरुले सहमति गर्नुपर्छ’ यादवले भने ।

बहुमतको दम्भ नदेखाउन आग्रह

राष्ट्रपति यादवले कांग्रेस र एमालेलाई बहुमतको दम्भ नदेखाउन र एमाओवादीलाई साथ लिएर मात्र अघि बढ्न आग्रह गरेका छन् । ‘हामीसँग बहुमत छ भनेर विद्रोही शक्तिलाई पाखा लगाएर जाने होइन, साथमा लिर जानुको विकल्प छैन’ राष्ट्रपतिले पौडेल र खनाललाई दिएको सन्देशबारे उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अनलाइनखबरसँग भने ।

राष्टपतिसागको भेटपछि सञ्चारकर्मीहरुसाग कुरा गर्दै प्रचण्ड । तस्वीरः रासस
राष्टपतिसागको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड । तस्वीरः रासस

राष्ट्रपतिले प्रचण्डलाई शान्ति प्रक्रियाको प्रमुख पक्ष भएकाले जिम्मेवार हुन आग्रह गरेका छन् । शान्ति सम्झौता र २०६२/६३ को जनआन्दोलनको उपलब्धीहरु संस्थागत गर्न प्रचण्डको पनि दायित्व छ । अरुलाई दोष दिएर आफू चोखिन पाइँदैन भन्ने सन्देश राष्ट्रपतिले दिनुभएको छ’ प्रेस सल्लाहकार दाहालले भनेका छन् ।

राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले आफूले दलहरुबीच सकारात्मक छलफल भइरहेको जानकारी गराएको बताए । उनले भने-‘पछिल्लो छलफलबाट दलहरुबीच दुरी बढ्ने होइन, घटेको छ भन्ने मैले जानकारी गराएँ ।’

माघ ८ नजिकिँदै जाँदा पनि दलहरुबीच सहमति हुन नसकेपछि राष्ट्रपति डा. यादवले मंगलबारबाट राजनीतिक परामर्श थालका थिए । उनले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार दाहालका अनुसार राजनीतिक परामर्श बिहीबार पनि जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment