Comments Add Comment

मुस्ताङे स्याउ बेच्दैछन् पूर्वमन्त्री

Apple
२५ मंसिर, भैरहवा । पञ्चायतकालमा निर्माण तथा यातायातमन्त्री बनेका मुस्ताङका ७३ वर्षका नरबहादुर हिराचन अहिले मुस्ताङे स्याउको प्रवर्द्धनमा लागेका छन् । भैरहवाको सिद्धार्थ रंगशालामा सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय मेला एवं कृषि औद्योगित व्यापार तथा लुम्बिनी पर्यटन महोत्सवमा उनी स्याउ बेचिरहेका छन् । ‘मुस्ताङबाट यहाँ आएर स्याउ बेच्दा फाइदा त हुँदैन, तर प्रचारप्रसारका लागि आएका हौं,’ उनले भने, ‘भारतीय स्याउको स्वाद लिएका यहाँका उपभोत्तालाई मुस्ताङे स्याउ चखाउँदैछौं ।’ नेपाली स्याउ भारतीयको तुलनामा रसिलो हुने गरेको उनको भनाई छ ।

हिराचनले महोत्सवमा बिक्री गर्न ४ क्विन्टल रातो र गोल्डेन स्याउ ल्याएका छन् । मुस्ताङमा प्रतिकिलो सय रुपैयाँसम्म पर्ने रातो स्याउ भैरहवा आइपुग्दा दुई सय रुपैयाँ पर्छ । महोत्सवमा स्याउको सुकुटी, जुस तथा ब्रान्डी पनि राखिएको छ । मुस्ताङबाट भैरहवा स्याउ बिक्री र प्रवर्द्धनका लागि ‘उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना’ र हिमालय नामक संस्थाले व्यवस्था गरिदिएको कारोबारमा खबर छ ।

पूर्वमन्त्री शेरचन मार्फा-२ का वासिन्दा हुन् । वाषिर्क ४० लाख रुपैयाँसम्मको स्याउ बिक्री गर्ने उनले २२ सालदेखि स्याउखेती सुरु गरेका हुन् । ८० रोपनी जमिनमा शेरचनका २५ सय स्याउका रुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment