+
+

खड्गबहादुरले भने-हामी जंगल जाँदैनौ

२६ मंसिर, सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्माले आफूहरु युद्धमा नजाने दावी गरेका छन् । पार्टीको पहिलो सिन्धुपाल्चोक जिल्ला भेलापछि सदरमुकाम चौतारामा आयोजित पत्रकार सम्मेलनमा उनले शान्ति प्रकृया भाँड्न खोज्नेहरुले माओवादी जंगल पस्दैछ भनेर गलत प्रचारवाजी गरिरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २६ गते १३:४२

नानीराम नेपाल
२६ मंसिर, सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्माले आफूहरु युद्धमा नजाने दावी गरेका छन् ।

खड्गबहादुर विश्वकर्मा
खड्गबहादुर विश्वकर्मा

पार्टीको पहिलो सिन्धुपाल्चोक जिल्ला भेलापछि सदरमुकाम चौतारामा आयोजित पत्रकार सम्मेलनमा उनले शान्ति प्रकृया भाँड्न खोज्नेहरुले माओवादी जंगल पस्दैछ भनेर गलत प्रचारवाजी गरिरहेको बताए ।

जन संविधान निर्माण र शान्ति प्रकृयालाई तार्कीक निश्कर्षमा पुर्‍याउन अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गरिनुपर्ने उनले दोहोर्‍याए ।

‘यो संविधानसभाले जनताको संविधान जारी गर्न सक्दैन’, प्रवक्ता विश्वकर्माले भने ‘संविधानका अन्तरवस्तुमा सहमति जुटाउनका लागि अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन हुनुपर्छ ।’

प्रचण्ड र मोहन वैद्यले माओवादको नेतृत्व गर्न नसकेपछि नयाँ पार्टी गठन गर्नुपरेको उनले बताए । ‘जोसँग युद्ध लडियो प्रचण्डजीले उसैलाई जनसेना जिम्मा लगाउनुभो’, उनले भने, ‘किरणजी पनि बीचैमा अलमलिएपछि क्रान्तिलाई नयाँ ढंगले सम्पन्न गर्न नयाँ पार्टी गठन गर्‍यौं ।’

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यद्वय चिरन पुन र बाबुराम गजमेर पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?