Comments Add Comment

पौने ४ लाख डलरमा बिक्यो एप्पल १ कम्प्युटर

apple aps1
सन् १९७० को दशकमा बनेको एप्पलको पहिलो कम्प्युटर एप्पल वान पौने ४ लाख डलरमा लिलाब बिक्रि भएको छ ।

एप्पलका सहसस्थापक इन्जिनियर स्टिभ वज्नियाकले आफ्नै हातले बनाएको एप्पल वान ३ लाख ६५ हजार अमेरिकी डलरमा बिक्रि भएको छ ।

बेलायतको लण्डनमा रहेको क्रिस्टी अक्सन हाउसले लिलामीमा राखेको यो कम्प्युटर सन् १९७६ मा एप्पलका संस्थापक स्टिभ जब्सले आफैले ग्राहकलाई बिक्रि गरेका थिए । त्यतिबेला एप्पलको कारखाना क्यालिफोर्नियास्थित स्टिभ जब्सको घरको ग्यारेजमा थियो । एप्पल वान त्यतिबेला ६ सय ६६ दशमलब ६६ डलरमा बिक्रि भएको थियो ।

एप्पल वान कम्प्युटर निर्माण गर्न जब्सले आफ्नो भ्यान नै बेचेका थिए भने वज्नियाकले ५ सय डलरमा क्याल्कुलेटर बेचेका थिए ।

स्क्रिस्टी अक्सन हाउसले लिलामीमा यो दुर्लभ कम्प्युटर ६ लाख डलर सम्ममा बिक्ने अनुमान गरेको भएपनि त्यसभन्दा निकै कम मूल्य परेको हो ।
गएको अक्टोबरमा भएको लिामीमा एक अर्को एप्पल वान कम्प्युटर ९ लाख ५ हजार डलरमा बिक्रि भएको थियो ।

एप्पलका एप्पल वान कम्प्युटर अहिलेसम्म केवल ५० वटा मात्र अस्तित्वमा रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment