+
+

बलिउड अभिनेत्रीले मोदीलाई चिठी लेख्दै भनिन्, तपाइँलाई लाज लाग्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २७ गते १०:२९

shenaz-treasurywala

बलिउडकी एक अभिनेत्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई लेखेको खुल्ला चिठी अहिले निकै चर्चित बनेको छ । भारतमा बढिरहेको महिलामाथिको यौन शोषणका मामिलाको सामना गर्न सहयोग माग्दै अभिनेत्री शेहनाज ट्रेजरीवालाले लेखेको चिठी सोसल साइटमा समेत भाइरल बनिरहेको छ ।

शेनाजले मोदीसँगै सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, आमिर खानसँगै क्रिकेटर सचिन तेन्दुलकर तथा उद्योगपति अनिल अम्बानीको समेत मद्धत मागेकी छिन् ।

आफ्नो चिठीमा उनले आफु १३ वर्षको उमेरमै यौन हिंसाको सिकार बनेको भन्दै आफुलाई बजारमा हिँड्दा पहिलो पटक कोही अपरिचितले जबरजस्ती छोएर हिँडेको खुलासा गरेकी छिन् । अरुले छोएपछि आफुलाई निकै फोहोर महसुस भएको र आफ्नो हजुरबुवाको घरको बाथरुममा पटक पटक नुहाउँदा पनि घीन नहटेको बताएकी छिन् ।

कलेज जाँदा बस तथा रेलमा समेत हिंसाको सामना गर्नुपरेको उनको अनुभव छ ।

उनले आफ्नी १६ सालकी साथीको रेलमा केसरी बलात्कार भयो भन्ने कुरा समेत चिठीमा खुलाएकी छिन् र आफ्नी बहिनी र आमामाथि भएको दुव्र्यवहारको समेत खुलासा गरेकी छिन् ।

मोदीलाई सम्बोधन गरी लेखिएको चिठीमा उनले भनेकी छिन्, ‘अमेरिका, जापान र अस्ट्रेलियामा तपाइँले गरेको भाषणको के फाइदा ? जब कोही महिला हाम्रो देशको राजधानीमै दिउसै एक्लै सडकमा हिड्न स्वतन्त्र छैनन, तपाइँलाई लाज लाग्नुपर्छ ।’

साथै उनले आफ्नो चिठीमा बलात्करीलाई फाँसीको सजाय गर्न समेत माग गरेकी छिन् । बलात्कारीलाई फासी दिन सकिँदैन वा कानून संसोधन गर्न समय लाग्छ भने तत्कालका लागि बलात्कराीलाई आजिवन जेल सजाय दिनुपर्ने उनको तर्क छ ।

आफ्नो चिठी भाइरल बनेपछि शेनाजले फेसबुकमार्फत आफ्नो समर्थन गर्नेलाई धन्यवाद दिएकी छिन् । प्रभावशाली मानिसहरुले महिला सुरक्षाको मुद्दालाई पबिहयले नम्बरमा राखे भने यो विषयमा सबैको ध्यान जाने हुनाले आफुले मोदी लगायतका प्रभावशाली व्यक्तिहरुलाई चिठी लेखेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?