Comments Add Comment

टीबीआई समूहले लियो धुलिखेल माउन्टेन रिसोर्टको स्वामित्व

TBI

काठमाण्डौ । काभ्रेको पाँचखालस्थित ३३ बर्ष पुरानो धुलिखेल माउन्टेन रिसोर्टको स्वामित्व गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टको टिबीआई ग्रुपले लिएको छ ।

जापानमा सफल नेपाली ब्यबसायीको छवि बनाएका भट्टको टीबीआई ग्रुप अन्र्तगतको बिबी होटल्सले सो रिसोर्टको स्वात्वि खरिद गरेको हो ।

शुक्रबार एक कार्यक्रमवीच उद्योमन्त्री महेश बस्नेत र टीबीआई समूहका अध्यक्ष भवन भट्टले रिसोर्टको नयाँ लोगो अनाबरण गरे ।

जापानमा रेष्टुरेन्ट होटल तथा युरोपमा पनि होटल सञ्चालन गरिरहेको टिबीआई गु्रपको नेपालमा आतिथ्य सत्कार उद्योगमा यो पहिलो ठूलो लगानी हो ।

टिबिआईले नेपालमा युनाइटेड ब्रुअरीज, कारोबार राष्ट्रिय आर्थिक दैनिक, बिबी एयरवेज, बिबी होलिडेज, लिबर्टी कलेज लगायत व्यवसाय सञ्चालनमा गरिरहेको छ भने तथा नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेड मा साझेदारी रहेको छ ।

२० एकड क्षेत्रफलमा फैलिएको धुलिखेल माउन्टेन रिसोर्ट काठमाडौंबाट ३४ किलोमिटर दूरीमा रहेको छ । रिसोर्टबाट मनमोहक हिमश्रंृखला, सनराइज र सनसेटका आकर्षक दृश्यावलोकन गर्न सकिने भएकाले रिसोर्ट आन्तरिक तथा बाह्रय पर्यटकको पहिलो गन्तव्य बनेकोे छ ।

टीबीआई ग्रुपको स्वामित्वमा जापानमा १०० भन्दा बढि रेष्टुरेन्ट तथा रिसोर्ट होटल तातेसिना संचालनमा रहेका छन् । धुलिखेल माउन्टेन रिसोर्टलाई भविष्यमा नेपालकै नम्बर एक रिसोर्ट बनाउनेे उद्देश्य रहेको अध्यक्ष भवन भट्टले जानकारी दिए ।

काठमाडौंको ट्रान्कुलिटी स्पासँग सहकार्य गरी केही दिनभित्रै स्पा सेवा सुरु गर्ने तथा ग्राहकको मनोरञ्जनका लागि एड्भेन्चर स्पोर्टस् पनि राख्ने तयारी भइरहेको भट्टले जानकारी दिए ।

पर्यटकलाई हिमाल अवलोकनका लागि सहज बनाउने उद्देश्यले बाइनाकुलरको व्यवस्था समेत गरिने भएको छ । रिसोर्टमा ४२ वटा शयनकक्ष तथा सभा/सेमिनारका लागि अलगअलग क्षमताका प्रविधियुक्त तीनवटा हल छन् ।
रिसोर्टको गैह्रीधारा, काठमाडौंमा सिटी अफिस रहेको छ ।

नयाँ स्वामित्वसँगै रिसोर्टमा आन्तरिक तथा बाह्रय पर्यटकको लागि विशेष छुट अफरको घोषणा गरिनुका साथै समय सापेक्ष नयाँ प्याकेजहरु उपलब्ध गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment