+
+

रामेछापमा करेन्ट लागेर तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २८ गते ९:४५

२८ मंसिर, रामेछाप । रामेछापको दोरम्बामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दोरम्बा ५ का २५ वर्षकी चन्डिका तामाङ, ६५ वर्षका इन्द्रबहादुर थापा मगर र दोरम्बा ७ का ६० वर्षका अम्बरबहादुर थापा मगरको मृत्यु भएको हो । करेन्ट लागेका एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।

रामेछापमा वितरण गरिएको ११ हजार भोल्टेज भएको विद्युतीय तार आइतबार बिहान ४ बजे दोरम्बाको मानेमा चुँडिएर गाउँमा वितरण गरेको लाइनमा छोएको छ । गाउँमा वितरण गरिएको लाइनमा ११ हजार भोल्टेट प्रवाह हुन थालेपछि घरघरमा रहेको विद्युतीय उपकरण जल्न थालेका थिए । घरमा विद्युतीय उपकरणमा आगो लाग्न थालेपछि घरको मेन स्वीच अफ गर्ने क्रममा तीन जनाको मृत्यु भएको हो ।

दोरम्बामा प्रायः सबै घरमा रहेका विद्युतीय सामान जलेका छन् । विद्युत लाइन कसरी चुँडियो भन्नेबारे खुलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?