+
+

जनता बैंकले यस वर्ष थप ६ शाखा खोल्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २८ गते ११:०३

janta bank२८ मंसिर काठमाडौं । जनता बैंकले चालू आर्थिक वर्षभित्रै ६ वटा शाखा थप गर्ने भएको छ । चितवनको नारायणगढ, दार्चुलाको गोकुलेश्वर, रसुवाको टिमुरे र दाङ्गको घोराहीलगायतउ पयुक्त स्थानमा कम्तिमा ६ वटा शाखा कार्यालय खोल्ने योजना रहेको बैंकले जनाएको छ ।

बैंकको पाँचौ साधारणसभा शनिबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्ष्तामा सम्पन्न साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि गुरु प्रसादन्यौपाने, केशवबहादुर रायमाझी, धर्मध्वज पराजुली, चिरञ्जीवी द्वा, रमेशप्रसाद न्यौपाने र रामचन्द्र शाहलाई संचालकमाा निर्विरोध निर्वाचित गरेको छ ।

२०६६ चैत्र २३ गतेदेखि बैंकले बैंकिङ कारोबार सुरु गरेको थियो । साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७०/७१ को लेखापरीक्षण प्रतिवेदन एंव २०७१ असार मसान्तको वासलातसहित नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण पारित गरेको छ ।

साधारणसभाले लेखापरीक्षक जि.पी. राजवाहक एण्ड कम्पनीलाई नै आर्थिक वर्ष २०७१/७२को लागिसमेत लेखापरीक्षकमा नियुक्त गरेको छ ।

बैकले आव २०७०/०७१ मा ३ करोड ९१ लाख रुपैयाँ सरकारलाई राजस्व तिरेको छ । सो अवधिमा बैंकले ८ करोड ५० लाख ३ हजार खुद नाफा कमाएको थियो ।

बैंकले हालसम्मपूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममामहाकालीको दार्चुलासम्म गरी कूल ३० वटा शाखाकार्यालयहरू र २ वटा एक्सटेन्सन काउन्टर र २७ वटा एटिएममार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले मंसिर २५ गतेसम्ममा २० अर्ब १६ करोड निक्षेप संकल गरी १७ अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?