+
+

नेपालीका लागि सिड्नी फायरवक्स हेर्न बेग्लै क्रुज, बुकिङ अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २ गते ९:४६

ausसिड्नी । अंग्रेजी नयां बर्ष सन् २०१५ सुरु हुन १३ दिनमात्र बांकी छ । क्रिसमस र नयां बर्षसंगै हुने लामो बिदा उपयोगका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले बिभिन्न योजना बनाउन थालेका छन् । यसै मेलोमा नेपालीहरुलाई सिड्नीमै फायरवक्स हेर्ने अबसर दिन बिशेष क्रुज संचालन हुन लागेको छ ।

संसारको उत्कृष्ट पाँच फायरवक्स (अतिसबाजी)मध्ये पर्ने सिड्नी हार्वर फायरवक्स हेर्न न्यू इयर इभका अबसरमा नेपालीहरुका लागि बेग्लै क्रुज संचालन गरिने  लागिएको हो । नेपालीद्वारा प्रर्बद्धित सिड्नीस्थित स्टार टुर्स एण्ड ट्राभलले डिसेम्बर ३१ तारिख साँझ नेपालीलाई यस्तो बिशेष अबसर प्रदान गर्न लागेको हो ।
डिसेम्बर ३१ तारिख साँझ करिव साढे पाँच घण्टा संचालन हुने क्रुज (पानीजहाज)मा बसेर गीतसंगीत र खानाको आनन्द लिँदै आतिसबाजीको अलौकिका आनन्द लिन पाइने छ ।

अहिलेसम्म ९० प्रतिशतजति सिट बुक भइसक्यो’ स्टार टुर्सका प्रबन्ध निर्देशक बिकाश केसीले अनलाइनखवरसंग भने-‘अब केही दिनमात्र बांकी भएकाले अन्तिम सिटहरु बुकिङमा लागेका छौं ।’ अघिल्लो बर्ष पनि यसैगरी फायरवक्स हेर्ने अबसर दिएको स्टारले यस बर्ष क्रुज यात्रालाई थप सुबिधासहित मनोरञ्जनात्मक बनाउने तयारी गरिरहेको छ ।
सो अबधिमा राती ९ र १२ बजेको अतिसबाजी हेर्न सकिने उनले बताए । यही अतिसबाजी हेर्न न्यू इयर इभमा करिव १२ लाख मानिस सिड्नी हार्वरमा भेला हुन्छन् ।
यस्तो अबसर पाउन स्टार टुर्समा सम्र्पक गरी आफ्नो सिट सुरक्षित गर्नुपर्ने छ । जसका लागि ३५० डलर लाग्ने छ ।
‘नयाँ बर्षको अबसर पारेर अष्ट्रेलिया जाँदै हुनुहुन्छ भने यसलाई नछुटानुहोला’ केसीले भने-‘जीवनमा एकचोटी हेर्नैपर्ने इभेन्ट हो, यस्तो आनन्द अयन्त्र पाइँदैन् ।

हेर्नुहोस् भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?