Comments Add Comment

प्रहरीलाई तेल चाहिए ब्यापारी गुहार्ने ?

३ पुस, काठमाडौ । राजनीतिक दलका नेताहरुले ब्यापारीसँग तेल मागेर गाडी गुडाए जस्तै प्रहरीले पनि आफ्नो गाडी गुडाउँन ब्यापारीसँग नै तेल माग्ने गरेका छन् ।
Petrol-Pumpविभिन्न सरकारी कार्यालय तथा सुरक्षा निकायका नाममा काटिएका पेट्रोल र डिजेलका कुपन राजनीतक दलका नेता, कार्यकर्ता तथा शक्तिकेन्द्रसम्म पहुँच भएका थुप्रै ब्यक्तिले दुरुपयोग गर्दै आएका छन् ।
आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने नेपाल प्रहरीले पनि मातहत कार्यालय प्रयोजनमा चाहिने इन्धन भने मागेर चलाउनु पर्ने बाध्यता अचम्म लाग्दो छ, कारोबार दैनिकमा खबर छ ।
‘सुरक्षा निकायमा प्रशस्तै जनशक्ति होउन्, मेरो कार्यकालमै देशभरका प्रहरी संयन्त्र साधन-स्रोत सम्पन्न बनून् भन्ने चाहना हो,’ गृहमन्त्री गौममले गुनासो गर्दै भने, ‘तर मैलेमात्र पहल गरेर नहुने रहेछ, अर्थमन्त्रालय ब्ययभार थप हुने गरी आएको निर्णय सुन्नै चाहदैन ।’
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले पनि सानो भन्दा सानो आवश्यकता पूर्ति गर्नसमेत अरुको मुख ताक्नुपर्ने स्थिति दर्शाए । सरकारले प्रहरीको गाडी र मोटरसाइकलका लागि दैनिक पाँच लिटर तेल दिन्छ ।
प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशीले दैनिक सरदर एउटा गाडीलाई पाँच लिटर इन्धन उपलब्ध हुँदै आएकामा त्यत्तिले नपुग्ने ब्यहोरासहित गृह मन्त्रालयलाई लिखित पत्राचारको तयार भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment