Comments Add Comment

गुगलमा सर्वाधिक खोजिएका १० ग्याजेट्स

इन्टरनेट दुनियाँमा के लोकप्रिय छ र धेरै प्रयोगकर्ताको चासो छ भन्ने थाहा पाउने सजिलो उपाय हो सर्च तथ्याङ्क । त्यसमाथि इन्टरनेट दुनियाँको गड अर्थात् भगवान मानिने गुगल सर्चको तथ्याङ्कले त नयाँनयाँ रहस्य नै सार्वजनिक गरिदिन्छ ।
सन् २०१४ सकिन केही दिनमात्र बाँकी रहँदा सवैजसो सर्च इन्जिनहरुले बर्षभरि सर्वाधिक खोजिएका बिषयबारे सार्वजनिक गरिरहेका छन् । हालैमात्र युट्युवले सर्वाधिक लोकप्रिय भिडियोको सूची सार्वजनिक गर्‍यो भने याहुले पनि आफ्नो सर्च इन्जिनमा बढी खोजिएका ग्याजेट्सको सूची सार्वजनिक गरिसकेको छ
यसैक्रममा गुगल सर्च इन्जिनले पनि सर्वाधिक खोजी गरिएका १० ग्याजेट्सको सूची सार्वजनिक गरेको छ, जसमा आइफोन ६ सवैभन्दा खोजिने ग्याजेट्सको पहिलो नम्बरमा परेको छ । यो तथ्याङ्कका आधारमा सजिलै भन्न सकिन्छ कि आइफोन ६ नै सन् २०१४ को सर्वाधिक लोकप्रिय ग्याजेट्स हो ।

tim-cook-with-iphone-6
सवैभन्दा धेरै खोजिने कन्जुमर इलेक्ट्रोनिक्सको दोस्रो नम्बरमा परेको छ- सामसुङ ग्यालेक्सी एस ५ । सामसुङको लोकप्रिय ग्यालेक्सी सेरिजको सवैभन्दा पछिल्लो संस्करण हो ग्यालेक्सी एस ५ जसमा अत्याधुनिक सुबिधा छन् ।
गुगलको नेक्सस ६ स्मार्टफोन सवैभन्दा खोजी गरिने ग्याजेट्सको तेस्रो नम्बरमा परेको छ । ६ इन्च स्क्रिन भएको गुगल नेक्सस ६ मा एन्ड्रोइडको ललिपप भर्सन संचालित छ ।
सन् २०१३ को नोभेम्बरमा सार्वजनिक भएको मोटोराला मोटो जी स्मार्टफोन सन् २०१४ मा सर्वाधिक खोजीको चौथो नम्बरमा परेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा जडित मोटो जी ४.५ इन्च स्क्रिनमा उपलब्ध छ ।
सामसुङकै ग्यालेक्सी नोट ४ पाँचौं सर्वाधिक खोजी गरिने इलेक्ट्रोनिक प्रोडक्ट भएको छ । ५.७ इन्च ठूलो नोट ४ मा एन्ड्रोइड अपरेटिङ सिस्टम छ भने १६ मेगापिक्सेलको क्यामेरा, ३ जीबी र्‍याम, ३२०० एमएएचको ब्याट्रीले यसले सुसज्जित छ ।

मोटो जी
मोटो जी

सन् २०१४ मे मा सार्वजनिक भएको कोरियाली कम्पनी एलजीको हाइ इन्ड एन्ड्रोइड स्मार्टफोन जी ३ बर्षभरि सर्वाधिक खोजिनेको छैटाैं नम्बरमा परेको छ । ५.५ इन्च स्क्रिन, १३ मेगापिक्सेल क्यामेरा, २.५ गिगाहर्जको क्वाडकोर प्रोसेसरयुक्त जी ३ ले सामसुङ ग्यालेक्सी एस ५को प्रतिस्पर्धी मानिन्छ ।
माइक्रोसफ्टको गेम कन्सोल माइक्रोसफ्ट एक्सबक्स वान सर्वाधिक खोजी गरिने इलेक्ट्रोनिक डिभाइसको नम्बर ८७ मा पर्न सफल भएको छ । यसैगरि एप्पलले सार्वजनिक गरेको आइवाच  अाठाैं र नोकियाको सस्तो एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त सेट नोकिया एक्स सर्वाधिक खोजिको नवौ नम्बरमा परेका छन् ।
एप्पलले यसै बर्ष सार्वजनिक गरेको आइप्याडको नयाँ संस्करण आइप्याड एयर सर्वाधिक खोजिने ग्याजेट्सको नम्बर १० मा परेको छ ।
यस्तो छ गुगलको सूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment