Comments Add Comment

यूएईमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाइयो

gefontयूएई । यूएईमा रहेका नेपाली श्रमिकहरुले दुबईमा भव्यताका साथ अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाएका छन् । नेपाली प्रवासी श्रमिक संघ युएई (जिफन्ट सपोर्ट ग्रुप, युएई) को आयोजनामा दुबईको मुसल्ला टावरमा भएको कार्यक्रममा यूएईका बिभिन्न क्षेत्रबाट आएका नेपाली श्रमिकहरुको उपस्थिति थियो ।

यूएईका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा आइएलओ गभर्निङ् काउन्सिल सदस्य तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य बिन्दा पाण्डे र नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) नेपालका महासचिव बिष्णुप्रसाद लम्साल लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा श्रमिकका बारेमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का  महासचिब बिष्णु लम्सालले विदेशिएका नेपाली श्रमिकहरुको हक हितलाई सुनिस्चित गर्ने, श्रमिकहरुको अधिकारको ब्यबस्थापन तथा नेपाल ट्रेड युनियन महासंघको भूमिकाबारे प्रस्ट पारे ।

विदेश आई नेपाली कामदारले भोग्नु परेको पीडा, घरमा परिवारले पाएको सास्ती र बैदेशिक रोजगारले निम्त्याएको सामाजिक विसंगतिलाई चित्रण गर्दै प्रवासी नेपाली जनसांस्कृतिक मंच यूएईका कलाकारहरुले “परदेशको सपना” नामक नाटक प्रस्तुत गरेका थिए ।

नेपाली प्रवासी श्रमिक संघ यूएई गठन

सोही कार्यक्रम मार्फत १४ सदस्यीय नेपाली प्रवासी श्रमिक संघ यूएईको पूर्ण कमिटी घोषणा गरिएको छ । रामेश्वर भेटवालको नेतृत्वमा गठित उक्त कमिटीमा  उपाध्यक्ष किशोर केसी, सचिब कल्पना राई, कोषाध्यक्ष दीपक रावत, सहसचिब कमल पाठक पदाधिकारी रहेका छन् । त्यसैगरी विघटित तदर्थ समितिको संयोजक नवराज बस्नेतको संयोजकत्वमा एक सल्लाहकार समिति पनि गठन गरिएको छ ।

दामोदर दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment