+
+

राजनीतिको प्रभाव : तीन दिनमा २७ अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ८ गते १५:४२

Nepse-Index-pous-8८, पुस काठमाडौं । माघ आठ मै संविधान ल्याउन दलहरुबीच बढेको मतभेदको असर पुँजी बजारमा परेको छ । दलहरुबीच बढेको दूरीले लगानीकर्तामा त्रास उत्पन्न हुँदा त्यसको असर पुँजी बजारमा परेको हो ।

पछिल्ला तीन दिनमा नेप्से परिसूचक २७ अंकले घटेको छ । आइतबार साढे ८ अंकले, सोमबार ११ अंकले र मंगलबार ८.२३ अंकले घटेर नेप्से परिसूचक ८ सय ७७ अंकमा झरेको छ ।

मंगलबार सबै समूहगत सूचकहरु घटेका छन । नेप्सेमा दुईतिहाइ हिस्सा रहेको वाणिज्य बैंकको सूचक ६.३२ अंकले घटेको छ । यो समूहको मात्रै ७ करोड ९७ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी होटलको २९.३३ अंकले, विकास बैंकको ४.५८ अंकले, जलविद्युतको ३८.०६ अंकले, वित्त कम्पनीको ३.४९ अंकले, बीमाको ५७.२५ अंकले, उत्पादनमूलकको १७.४८ अंकले र अन्य समूहको सूचक १.१७ अंकले घटेको नेप्सेले जनाएको छ ।

मंगलबार नेप्सेमा १ सय २६ कम्पनीका ३ लाख ५६ हजार कित्ता सेयर १६ करोड रुपैयाँमा किनबेच भयो ।

बढी कारोबार गर्ने पाँच कम्पनी

मंगलबार एनसीसी बैंकको सबैभन्दा बढी अर्थात २ करोड १६ लाख रुपैयाँ बराबरको कारोबाार भयो । त्यसैगरी प्राइम कमर्शियल बैंकको १ करोड ५६ लाख, चिलिमे हाइड्रोको १ करोड २५ लाख, स्वावलम्बन विकास बैंकको १ करोड १९ लाख र एभरेष्ट बैंकको ५९ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?