Comments Add Comment

पोखराका विश्व विकास र फेवा फाइनान्स गाभिने

Bisho-bikas-merger९ पुस काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेका विश्व विकास बैंक र फेवा फाइनान्स आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैक बन्ने भएका छन् । मर्जरका लागि दुई संस्थाले औपचारिकरुपमै सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा विश्व विकासका अध्यक्ष जगनबहादुर गुरुङ र फेवा फाइनान्सका अध्यक्ष दिलबहादुर गुरुङले हस्ताक्षर गरे ।

मर्जरपछिको सञ्चालक समिति अध्यक्ष विश्व विकास बैकका गुरुङ र प्रमुख कार्यकारी अधिकृतमा रेशम थापा रहने सहमति भएको छ ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार मर्जपछि संस्थाको चुक्ता पुँजी ८१ करोड, निक्षेप ८ अर्ब र कर्जा करिब ७ अर्ब रुपैयाँ र ३० शाखा र १६ एटिएम हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment