Comments Add Comment

पेट्रोलपम्पमा बम प्रहार

१० पुस, घोराही । दाङको तुलसीपुरमा रहेको एक पेट्रोलपम्पमा अज्ञात समुहले बम बिष्फोट गराएको छ ।

सल्यान रोडमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी पेट्रोलपम्पमा अज्ञात समुहले बुधबार राती सुतलीबम बिष्फोट गराएको हो । बिष्फोटबाट पेट्रोल पम्पको काउन्टर रहेको घरको झ्यालका शिसा फुटेको छ ।

विस्फोट कसले र किन गराइयो भन्नेबारे खुल्न सकेको छैन । घटनाको अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment