Comments Add Comment

संविधान नबनी ओली प्रधानमन्त्री नबन्ने अमरेशको दाबी

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रधानमन्त्री सुशील कोइरालाको असफलतामा आफ्नो सफलता नदेख्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।

Amresh Kumarदलहरुको सहमतिमा नयाँ संविधान नबनेसम्म ओली प्रधानमन्त्री बन्न नसक्ने उनको दावी छ । ‘केपी ओलीको पहिलो प्रयास भनेको आफ्नै नेतृत्वमा संविधान जारी होस् भन्ने हो,’ सिंहले अनलाइनखबरसँग भने-‘तर, यसको सम्भावना मैले देखेको छैन ।’

माघ ८ मा संविधान नआए पनि सुशील कोइरालाले सरकार छाड्नु पर्ने माग एमाले बृत्तबाट उठ्न थालेको छ । सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको सहमतिमा संविधान जारी भएपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख परिवर्तन गर्ने उल्लेख छ ।

तर, कांग्रेस नेता सिंहले भने संविधान नबनाइ ओली प्रधानमन्त्री बन्न नसक्ने दावी गरे । कोइरालाको विकल्प ओलीको सट्टा शेरबहादुर हुन सक्ने भन्दै उनले भने-‘सुशील कोइरालाको असफलतामा ओलीले मात्र होइन, शेरबहादुर देउवाले पनि आफ्नो सफलता देख्नु भएको छ ।’

बहुमतको सरकार बनाउन खोज्दा ओलीलाई माओवादी र मधेसीले समर्थन नगर्ने उनको विश्लेषण छ । ‘माओवादी र मधेसीसँग ओलीजीको यति धेरै तिक्तता छ । मधेसी नेताहरुले लन्च खाँदा यति धेरै आलोचना भयो कि अब बालकोट जान डर लाग्ने अवस्था छ,’ सिंहले भने, ‘कांग्रेसले पनि ओलीलाई किन सपोर्ट गर्छ । सुशीलले छाड्ने हो भने माओवादीसहितको समर्थनमा शेरबहादुर हुन्छन् ।’

‘माघ ८ मा संविधान आउँछ भन्नु अपराध’

कांग्रेस नेता सिंहले माघ ८ मा संविधान आउँछु भनेर जनतालाई झुक्याउनु अपराध भएको बताए ।

यद्यपि दलहरुबीच सहमतिको सम्भावना रहेको उनले बताए । सिंहले भने, ‘सहमति भए पनि नभए पनि माघ ८ मा संविधान त के पहिलो मस्यौदा पनि आउँदैन ।’

उनले दुई तिहाइ बहुमतले संविधान जारी गर्छु भन्ने विपक्षीलाई तह लगाउने रणनीति मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment