Comments Add Comment

गणतान्त्रिक हिन्दु राष्ट्रको अवधारणा ल्याउँछौं : पशुपतिसमशेर

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले आफ्नो पार्टीले गणतान्त्रिक हिन्दु राष्ट्रको अवधारणा ल्याउने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

संविधानसभाको पहिलो बैठकमै आफुहरुले हिन्दु राष्ट्रलाई हटाउने विषयमा असहमति जाहेर गरेको र जनताको राय लिनुपर्ने कुरा लिखित रुपमा दर्ता गराएको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा राणाले आगामी केन्द्रीय समितिको बैठकले यसबारे निर्णय गर्ने बताएका छन् ।

सत्ता समिकरणको विषयले राजनीतिलाई प्रभावित पारेको भन्दै उनले बर्तमान गतिरोध र अन्यौलता आउनुको दोषी प्रमुख दलका शीर्ष नेताहरु भएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment