Comments Add Comment

आगोमा जलेर किशोरको मृत्यु

११ पुस, मोरङ । मोरङको लेटाङ भोगटेनी नगरपालिकास्थित एक घरमा बिहिबार राति आगलागी हुँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ ।

लेटाङ – भोगटेनी ११ स्थित ज्ञानबहादुर लिम्बुको घरमा बिहिबार राति १२ बजेतिर बिद्युत सर्ट भई आगलागी हुँदा पाहुना आएका भितिज नाता पर्ने धरान उपमहानगरपालिका १२ का १५ वर्षका सुरेश लिम्बुको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

आगलागीबाट काठको एक तले घर पुर्ण रुपमा जलेर नष्ट हुँदा करिब ३ लाख रुपैया बराबरको क्षति भएको प्रहरीको भनाई छ । आगोलाई स्थानियबासी र प्रहरीको सहयोगमा करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

सुमन घिमिरेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment