Comments Add Comment

सीमामा कर्मचारी लुटिए, लुटेराको कुटपिटबाट हात भाँचियो

गौतम श्रेष्ठ 

११ पुस, रौतहट । नेपाल-भारत सिमा क्षेत्रमा जिल्ला पशु कार्यालय रौतहटका एक कर्मचारी लुटिएका छन् ।
सर्लाहीको बलरामा रहेको घर बाट गौर तर्फ र्फकदै गरेका अरबिन्द झालाई भारतीय बजार बैरगनिया भन्दा पूर्व बाग्मती पुलमा अज्ञात लुटेराहरुले नियन्त्रणमा लिई कुटपिट गर्दै नगद र मोबाइल लुटेका हुन ।

भारतीय बाटो प्रयोग गरी सदरमुकाम गौर आउने क्रममा गए राति ९ बजे बाग्मती पुलमा उनी लुटिएको प्रहरीले जनाएको छ ।

झालाई नियन्त्रणमा लिएर लुटेराहरुले कुटपीट गर्दै गर्दा छोराको फोन आए पछि लुटेराहरुले बाबुलाई अपहरण गरेको र दश लाख रुपैया लिएर आउन धम्की समेत दिएको छोरा अनिल झाले बताएका छन । फोनमा धम्की पाए लगतै अनिलले रौतहटका प्रहरी उपरिक्षकलाई खबर गरे पछि सादा पोशाकमा रहेका नेपाली प्रहरी घटनास्थल तर्फ गएको थियो ।

सामान्य नगद र एक थान मोबाइल लुटे पछि लुटेराहरुले प्राविधिक झा लाई पुलको किनारमा छोडेर भागेका थिए । घाइते अवश्थामा रहेका झा लाई स्थानियको सहयोगमा बैरगनिया (भारत) का सुरक्षाकर्मीको जिम्मा लगाए पछि नेपाल प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल गौरमा उपचार गराइएको प्रहरी उपरिक्षक सानु बाबु थपलियाले बताए ।

लुटेराहरुको कुटपिटका कारण झाको टाउको तथा छातीमा चोट लागेको छ भने दाहिने हातको औंलासमेत भाचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment