Comments Add Comment

नेपाल-चीन परराष्ट्र मन्त्रिस्तरीय वार्ता सुरु

११ पुस, काठमाडौं । नेपाल र चीनबीच परराष्ट्र मन्त्रिस्तरीय वार्ता राजधानीमा सुरु भएको छ ।

वार्तामा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गरेका छन् । १३ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री वाङ यीले गरेका छन् ।

वार्तामा दुईपक्षीय सम्बन्धको पुनरावलोकन, नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको आगामी वर्ष ६० वर्ष पुग्ने सन्दर्भमा पारस्परिक सहयोग अभिवृद्धिका विविध पक्षका साथै आर्थिक सहयोगमा केन्द्रित रहेर छलफल हुनेछ ।

वार्तामा परराष्ट्र, अर्थ, उद्योग, गृह, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, वाणिज्य तथा आपूर्ति र सामान्य प्रशासन मन्त्रालयका सचिव समेत सहभागी छन् । नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईसहित दूतावासका वरिष्ठ अधिकृत पनि बैठकमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment