Comments Add Comment

कलर्सले भित्रायो नयाँ स्मार्टफोन, औंला प्रयोग नगरी चलाउन सकिने

Colors-X128-Magicकाठमाडौं । कलर्स मोबाइलले एन्ड्रोइड ४.४ किटक्याट प्रविधिमा आधारित एक्स फ्याक्टर सिरिजको ‘एक्स १२८ म्याजिक’ स्मार्टफोन नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

यस स्मार्टफोनमा ९६०×५४० पिक्सेलको सार्प रिजोलुसन सपोर्ट गर्ने ५ इञ्चको एचडी आइपिएस स्क्रिन रहेको छ । यसमा पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेल क्यामेरा रहेको छ ।

८ जिबी रोम, १ जिबी र्‍याम, १.२ गीगाहर्ज क्वाडकोर प्रोसेसर, २००० मेगाहर्जको ब्याट्रि, एफएम प्लेयर, अडियो भिडियो प्लेयर लगायतका सुविधाहरु रहेका छन् ।

यसमा भएको अभुतपूर्व टेक्नोलोजीका कारण आफ्नो औंलाले स्क्रिनमा छुँदै नछोई पनि कन्ट्रोल गर्न सकिन्छ । ब्याक टच भी सेन्सर नामक नौलो सिस्टमका कारण ग्राहकहरुले आफ्नो एक हात विल्कुलै प्रयोग गर्नुपर्दैन ।

यसको मूल्य नेपाली बजारमा १४ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ । कलर्स मोबाइल टेलिटक प्रालिको स्वामित्वमा रहेको व्राण्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment