Comments Add Comment

कुलेखानी तेस्रोको रोटर क्षतिग्रस्त, आयोजना थप ६ महिना ढिला हुने

१२ पुस, काठमाडौं । लागत र समय दोब्बरभन्दा बढी भइसकेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाका कर्मचारीको चरम लापरबाहीले बिजुली उत्पादन गर्ने मेसिनमध्ये मुख्य मानिएको रोटर आयोजनास्थलस्थित विद्युत्गृहनेरको पुलबाट १५ मिटर तल खसेर क्षतिग्रस्त भएको छ।

आयोजनाको इलेक्ट्रो-मेकानिकल ठेकेदारले ल्याएको २६ टनको रोटर शुक्रबार ३ बजे मकवानपुर भैंसेस्थित सानुटार भन्ने ठाउँमा निर्माणाधीन विद्युत्गृहनेरको पुलबाट तल खसेर क्षतिग्रस्त भएकाले पुनर्निर्माण वा मर्मत गर्दा आयोजना थप ६ महिना ढिलो हुने भएको अन्न्पूर्ण पोस्टमा खबर छ ।

निर्माणस्थलमै बसेर निर्माण अनुगमन गर्ने भनेर दुई सय ५० प्रतिशत भत्ता खाएका आयोजना प्रमुख मधुसूदनप्रताप मल्लसहित उनको टोली लामो समयदेखि काठमाडौंमा रहेका बेला यस्तो दुर्घटना भएको हो।

इलेक्ट्रो-मेकानिकल अन्तर्गतको अति महत्त्वपूर्ण सामान विद्युत्गृहमा पुर्‍याउन लाग्दा आयोजनाका जिम्मेवार कर्मचारी र इन्जिनियर उपस्थित थिएनन्। ‘त्यत्रो सामान ल्याउँदा मनिटरिङ हुनुपर्थ्‍यो ‘, आयोजनाका एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘साइटमा महत्त्वपूर्ण काम भएका बेला अनुगमन नहुँदा यो दुर्घटना हुन पुग्यो।’

आयोजनाको परामर्शदातातर्फका इन्जिनियर धीरेन्द्र चौधरीका अनुसार खसेको रोटरको बाहिरी भागमा ठूलो क्षति पुगेको छ भने भित्र थिचिएको ठाउँको क्षति देखिएको छैन। क्रेनले नउठाएसम्म सबै क्षति थाहा नहुने जानकारी दिँदै उनले भने, ‘रोटर मर्मत गर्न वा बनाउन कम्तीमा ६ महिना लाग्ने देखिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment