Comments Add Comment

८८ बर्ष पहिले नै आबिस्कार भएको थियो सेल्फी लौरो !

first selfy stik
टाइम म्यागेजिनले सन् २०१४ का उत्कृष्ट २५ आविष्कारको सूचिमा सेल्फी स्टिकलाई पनि समावेश गर्‍यो । त्यस्तै टि्वटरले सन् २०१४ लाई सेल्फी वर्ष घोषणा गरेको गर्‍यो ।
यस अर्थमा सेल्फी लौरो आविष्कार र चर्चित भएको एक वर्ष मात्र पुग्न थालेको छ । तर, सेल्फी लौरोको उमेर ८८ वर्ष पुगिसकेको पाइएको छ ।
विश्वमा पहिलोपटक सन् १९२६ मा सेल्फी लौरो प्रयोग भएको पाइएको हो ।
बेलायतका एक दम्पतिले सन् १९२६ मै सेल्फी लौरो प्रयोग गरी खिचेको तस्वीर हालै प्राप्त भएको छ । पियानो बादक समेत रेका आर्नोल्ण्ड हग र उनकी श्रीमती हेलेन हगले विवाह पश्चात रग्बीस्थित आफ्नै घरको बगैँचामा सेल्फी स्टिकबाट खिचेको सेल्फी उनका नाति एलान क्लेभरले फेला पारेका छन् ।
उक्त तस्वीरमा ‘आफै खिचिएको’ तथा मिति ‘अक्टोबर १९२६’ भन्ने खुलाइएको छ । फोटोमा सेल्फी लौरो समेत स्पष्टै देखिन्छ, जुन आर्नोल्डले समातेका छन् ।
आफ्ना हजुरबुवाले जीवनमा खासै धेरै तस्वीर नखिचेको भएपनि केही निकै विशेष तस्वीरहरु खिचेको एलानको दाबी छ ।

MATT_LID_LONMED_4000_011

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment