Comments Add Comment

कांग्रेस शासकीय स्वरुपमा कठोर, एमाले संघीयतामा

१४ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीले शासकीय स्वरुपको प्रश्नमा नेपाली कांग्रेस कठोर देखिएको निश्कर्ष निकालेको छ । त्यसैगरी संघीयतामा एमालेको अडान कठोर रहेको एमाओवादीको निश्कर्ष छ ।

krishna-bahadur-Maharaपार्टी मुख्यालय पेरिसडाडाँडामा आयोजित एमाओवादीको केन्द्रीय समिति बैठकमा चारदलीय कार्यदलका सदस्यसमेत रहेका एमाओवादी महासचिव कृष्णबहादुर महराले यस्तो ब्रिफिङ गरेका हुन् ।
‘नेपाली कांग्रेस संघीयतामा अलि लचिलोजस्तो देखिए पनि शासकीय स्वरुपमा भने संसदीय व्यवस्थाको पक्षमा कठोर रुपमा प्रस्तुत भएको छ,’ महराले पेरिसडाँडामा बि्रफिङ गर्दै भनेका छन्, ‘संघीयता र प्रदेशहरुको प्रश्नमा एमाले नेताहरु टसको मस नगर्ने अवस्थामा देखिएका छन् ।’

‘कांग्रेस र एमाओवादी शासकीय स्वरुपमा कठोर देखिएका छन् भने संघीयतामा एमाले कठोर देखिएको छ’

कांग्रेस र एमालेले आफ्नो अडान नछाडेका कारण एमाओवादी पनि १० प्रदेशको अडानमा अडिनुपर्ने महराले बैठकमा बताएका छन् ।

एमाओवादी शासकीय स्वरुपमा कडा

यसैवीच एकीकृत नेकपा माओवादीले भने संघीयतामा लचिलो हुन सकिने भए पनि शासकीय स्वरुपको प्रश्नमा लचिलो हुन नसकिने जनाएको छ ।
अनलाइनखबरसँगको भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले संसदीय प्रणालीले राजनीतिक स्थिरता नल्याउने भएकाले शासकीय स्वरुपमा परिवर्तन ल्याउनैपर्ने बताए । पार्टीले शाकीय स्वरुपमा लिँदै आएको अडान नछाड्ने प्रचण्डले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment