Comments Add Comment

सुनसरी मोरङ सिचाईं आयोजनाका इन्जिनियर पक्राऊ

१५ पुस, विराटनगर । विराटनगरका पत्रकार व्रम्हदेव यादवलार्इ कुटपिटमा संलग्न भएको भनिएका सुनसरी मोरङ सिचाईं आयोजनाका इन्जिनियर केदार तिवारी र भान्छे सुधीर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगरको भृकुटी चोकबाट उनीहरुलाई मंगलबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नावय उपरिक्षक प्रभुप्रसाद पराजुलीले जानकारी दिए ।

Bramhadev-Yadav-Journalist-Morang
व्रम्हदेव यादव, पत्रकार

आयोजनामा भएको भ्रष्टाचार सम्वन्धि समाचार लेखेको भन्दै गत बुधबार आयोजनाकै कर्मचारीहरुले पत्रकार यादवलाई कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भनिएका चारजना मध्ये डिभिजनल ईन्जिनियर तारा पौड्याल र इन्जिनियर प्रेमचन्द्र झालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो ।

नेपाल पत्रकार महासंघ मोरङले सोमबार प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई ज्ञापन पत्र बुझाएर पत्रकारलाई कुटपिट गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment