+
+

बुद्ध, तारा र जेट एयर उत्कृष्ट घोषित

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते ११:५५

Best-Airlines

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुद्ध एयर, तारा एयर र जेट एयरवेजलाई उत्कृष्ट घोषणा गरेको छ ।

बुद्ध एयर आन्तरिकतर्फ सबैभन्दा बढी यात्रुलाई सेवा दिएर उत्कृष्ट भएको हो भने यति दुर्गम क्षेत्रमा सेवा प्रदान गर्ने उत्कृष्ट एयरलाइन्स बनेको छ । क्यानले १६औं वाषिर्कोत्सवमा यी विमान कम्पनीलाई उत्कृष्ट घोषणा गरेको हो ।

बुद्ध एयरले सन् २०१३ मा ८ लाख ९२ यात्रुलाई आफ्नो सेवा प्रदान गरेको थियो । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स जहाजबिहीन बन्दै गएपछि विगत केही वर्षयता निजी क्षेत्रको बुद्ध एयर आन्तरिकतर्फ सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी बनिरहेको छ ।

यति एयरको भगिनी कम्पनी तारा एयरले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ । दुर्गम क्षेत्रमा मात्र सेवा प्रदान गर्दै तारालाई क्यानले दुर्गममा सेवा दिने उत्कृष्ट एयरलाइन्स घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय सेवातर्फ जेट एयरवेज उत्कृष्ट घोषित भएको छ । सन् २०१३ मा अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा बढी यात्रु बोकेर जेट एयरवेज उत्कृष्ट हुन सफल भएको हो । भारतका विभिन्न शहरबाट नेपालमा उडान भर्दै आएको जेट एयरवेजले यस अवधिमा ३ लाख १४ हजार यात्रु बोकेको थियो ।

क्यानले सोलुखुम्बुको लुक्ला विमानस्थल र चितवनको भारतपुर विमानस्थलाई मुलुकका उत्कृष्ट विमानस्थलको रुपमा घोषणा गरेको छ । क्यानले हरेक वर्ष उत्कृष्ट विमानस्थल घोषणा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?