Comments Add Comment

नयाँ बर्ष मनाउनेलाई मौसमले साथ दिएन

kathmandu chiso

  • काठमाडौंमा विहीबार विहान लागेको हुस्सु । चिसोले बाइक चलाउनेहरुको संख्या पातलिएको छ ।

१७ पुस, काठमाडौं । नयाँ बर्ष २०१५ को रमझम सुरु नहुँदै राजधानी लगायत देशभरको मौसम खराब देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन मौसममा सुधार आउने छैन ।

पश्चिमी वायू र अरब सागरको न्यून चापीय प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसम बदली हुँदा चिसो बढेको छ । राजधानीमा विहानैदेखि धुम्म बादल लागेको छ । काठमाडौं उपत्यकामा मध्यान्हदेखि हल्का पानी परेको छ ।

नयाँ बर्षको अवसरमा नगरकोटलगायत राजधानी आसपासका डाँडाकाँडामा मानिसहरु घुम्न जाने गर्दछन् । घुमघामका लागि जानेहरुलाई मौसममा आएको परिवर्तनले असर पुर्‍याएको छ ।

मौसमविद सुवास रिमालका अनुसार काठमाडौं उपत्यकासहित देशभर धुम्म बादल लागेकोले चिसो बढेको छ । सबैभन्दा बढि प्रभाव पश्चिम नेपालमा परेको छ ।

पश्चिम नेपाल र काठमाडौं उपत्यकामा छिटफुट पानी पर्ने र हिमाली भेगमा हिउँ पर्ने रिमालले बताए । यस्तो अवस्था शनिबारसम्म जारी रहने उनले जानकारी दिए ।

मध्यपश्चिमका नेपालगन्ज र दाङमा घाम लागेको छैन । विहानैदेखि बादल लागेर चिसो बढेको छ । यस्तै रुपन्देही र नवलपरासीमा पनि घाम लागेको छैन ।

पश्चिमको तुलनामा सुदूरपूर्वमा मौसम बदलीको प्रभाव कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विराटनगरमा भने मध्यान्ह मधुरो घाम लागेको छ ।

jado-1

  • अागो तापेर बसेका विराटनगर जनपथ टोलका बासिन्दा

बढ्दो चिसोले तराई मधेसका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । निम्न आर्थिक अवस्था भएका ‘दलीत’ समुदायहरु न्यानो कपडाको अभावमा बढि प्रभावित भएका छन् ।

बालबालिका, जेष्ठ नागरिक र दैनिक ज्यालादारीमा काम गरेर पेट पाल्नेहरु चिसोले प्रभावित भएका छन् ।

यी समाचार पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment