+
+
Shares

नयाँ कार किन्दै हुनुहुन्छ ? छिटो गर्नुहोस्, दुई लाखसम्म मूल्य बढ्दै छ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते १२:२४

Car-Price-Hike-Final
१७ पुस, काठमाडौं । यदि तपाई नयाँ कार किन्ने सोचमा हुनुहुन्छ भने छिटो गर्नुहोस् । किनकि सन् २०१५ को सुरुवातसँगै नेपालमा बिक्री हुने अधिकांश गाडीको मूल्य बढ्दै छ ।

भारतीय अटोमोबाइल निर्माताहरुले जनवरीदेखि प्यारेन्जर कारको मूल्य बृद्धि गर्ने तयारी गरेपछि भारतबाट आयात हुने सबैजसो गाडीको मूल्य नेपालमा पनि बढ्दै छ ।

जापान, जर्मनी, अमेरिकालगायतका धेरैजसो ब्राण्डले नेपालमा बेच्ने गाडी भारतको प्लान्टमै बनाउँछन् । जसले गर्दा भारतीय बजारमा मूल्यबृद्धिको असर तुरुन्तै नेपाली उपभोक्तालाई पनि पर्छ ।

नेपालस्थित अटोमोबाइल डिलरहरुले मूल्यवृद्धि हुने जानकारी दिँदै कुन गाडीमा कति मूल्य बढ्छ भन्ने यकिन नभएको बताए । भारतस्थित निर्माताहरुले बढीमा २५ हजार भारुसम्म मूल्य बढाउने तयारी गरेकाले यहाँ करिव २ लाख रुपैयाँसम्म भाउ बढ्न सक्ने डिलरहरुले बताए ।

को-कसले बढाउँदैछन् मूल्य ?  

लागत बढिरहेको कारण देखाउँदै गाडी निर्माताहरुले आफ्नो उत्पादनको मूल्य बढाउने तयारी गरेका हुन् ।
यस्तो मूल्यवृद्धि लगभग सबैजसो ब्राण्डका गाडीमा लागू हुने देखिएको छ । कमजोर बिक्रिदरका कारण लामो समयदेखि मूल्य बढाउन नपाएका अटोमोबाइल कम्पनीहरुले एकसाथ मूल्य वृद्धि गर्ने योजना बनाएका छन् ।

Suzuki-Celerio-Blue-Final
मारूती सुजुकीकाे पछिल्लाे उत्पादन ‘सेलेरियो’ कार ।

बजार अनिश्चितता कायम रहे पनि खर्चमा भैरहेको बढोत्तरी तथा उपभोक्ताका लागि प्रदान गरिने मूल्यमा ठूलो छुटले नाफालाई नराम्ररी असर पूर्याइरहेको हुँदा अब पुरानै मूल्यलाई धान्न नसकिने अटोनिर्माताहरुको भनाइ छ ।

मारुती सुजुकीले १४ महिनापछि मूल्यवृद्धि गर्दैछ, जुन कम्पनीको लागि इतिहासकै सबैभन्दा लामो समय हो ।  मारुती सुजुकी भारतमा बिक्रीका हिसाबले सबैभन्दा ठूलो कार निर्माता हो ।

त्यस्तै हुण्डाइले समेत अब छिटै आफ्ना गाडीमा मूल्य बढेको घोषणा गर्दैछ भने होण्डा र टोयोटा पनि मूल्य वृद्धिको निर्णय गर्ने प्रक्रियामा रहेका छन् ।

भारतीय बजारका अग्रणी अटोमेकर्सका रुपमा रहेका मारुती, हुण्डाइ, होण्डा र टोयोटाले गाडीको भाउ बढाउने भएपछि अन्य स-साना अटो कम्पनीले समेत मूल्य बढाउने विषयमा सोचिरहेका छन् । सबैभन्दा ठूलो युटिलिटी भेहिकल निर्माता महिन्दा एण्ड महिन्द्राले त मूल्यवृद्धि गरिसकेको छ ।

किन बढाउनुपर्‍यो ?

हुण्डाइ मोटर इण्डियाका वरिष्ठ उपाध्यक्ष राकेश श्रीवास्तवले कच्चा पदार्थमा भएको मूल्यवृद्धि तथा भारुको तुलनामा डलर मजबुत बनेकाले गाडी निर्माणका लागि चाहिने स्टिल लगायतका वस्तुको आयात प्रभावित भएकाले बजार निकै सुस्त हुँदाहुँदै पनि  जनवरीदेखि गाडीको मूल्य बढाउन लागिएको बताए ।

Honda-City
प्रख्यात जापानी कार निर्माता कम्पनी हाेन्डा माेटर्सको ‘हाेन्डा सिटी’ कार ।

कोरियन कार निर्माता हुण्डाइको भारत युनिटले ५ हजार देखि २५ हजार भारुसम्म मूल्य बढाउने बताइएको छ ।

त्यस्तै मारुतीको बजार तथा बिक्री विभागका कार्यकारी निर्देशक आर एस कल्सीले पनि मूल्यवृद्धि गर्ने विषयमा कम्पनीले गृहकार्य गरिरहेको बताएका छन् । पछिल्लोपटक सन् २०१३ मा गाडीको मूल्य बढाएको मारुतीले पनि अर्को महिनादेखि गाडीको मूल्य बढाउने जानकारी उनले दिए ।

पछिल्लो दुई आर्थिक वर्षमा भारतमा गाडीको बिक्री घटेकोमा आर्थिक वर्ष २०१५।१६ को अवस्था पनि खासै राम्रो छैन । अपि्रलदेखि नोभेम्बर सम्मको अवधिमा यात्रुबाहक गाडीको बिक्री ३ महिना घटेको र अरु ५ महिनामा बढेर २.६८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

अटोनिर्माताहरुले मूल्यवृद्धि गर्नुपर्नाको अर्को कारण भारतमा गएको फेब्रुअरीमा घोषणा गरिएको ४ देखि ६ प्रतिशतले अन्तशुल्क कटौतीको निर्णय पनि हो । जूनबाट लागू हुने भनिएको कटौतीको म्याद डिसेम्बरसम्म लम्ब्याइएको छ ।

यदि सरकारले यो प्रोत्साहनलाई थप लम्बाएन भने उपभोक्ताले थप २५ हजार देखि ५ लाखसम्म बढी मूल्य तिर्नुपर्नेछ । अटो उद्योगहरुले अन्तःशुल्क सुविधा प्रदान गर्न माग गरिरहेका छन् ।

hyundai-santa-fe-trail-1
कोरियन कार निर्माता कम्पनी हुन्डार्इको लक्जरियस एसयूभी ‘सान्टा फे’ गाडी ।

अटो उद्योगीका अनुसार सञ्चालन खर्चलाई धान्न र वित्तीयरुपमा जोगिनका लागि कार निर्माताहरुले मूल्यवृद्धि गर्न लागेका हुन् । कारको मागमा आइरहेको गिरावटका कारण कम्पनीहरुले आफ्नो पूर्ण क्षमतामा काम गर्न पाएका छैनन् र क्षमता उपयोग तीन वर्षयताकै न्यून छ । कम्पनीलाई संचालन गर्नकै लागि भए पनि कार निर्माताहरु मूल्य वृद्धि गर्ने तथा धेरै कामदारले जागिर गुमाउने गरी उत्पादन कटौती गर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने उनीहरुको भनाइ छ ।

नेपालमा कति बढ्छ ?

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक अञ्जन श्रेष्ठले गाडीको भाउ न्यूनतम एक लाख रुपैयाँदेखि लाख रुपैयाँसम्म बढ्ने बताए ।

गाडीको भाउ बढ्ने पक्का भइसकेको बताउँदै लक्ष्मी इन्टरकन्टिनेन्टलका मार्केटिङ म्यानेजर रुपेश श्रेष्ठले भारतबाट गाडीको मूल्य यति नै बढ्ने भनेर जानकारी आइनसकेको बताए ।

भारतमा बढेको भाउमा नेपालमा ५ गुणा बढ्ने उनले श्रेष्ठले जानकारी दिए । नेपाल सरकारले अटोमोबाइललाई विलासी वस्तुको रुपमा सूचिकृत गरी न्यूनतम ८० देखि २४५ प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ ।

Tata-Indica-CT-4-Final
भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सको ‘टाटा इन्डिगाे इसिएस’ कार ।

हुन्डाईले सन् २०१५ मा गाडीको मूल्य बढ्ने निश्चित भएपछि अहिले बुकिङ पनि लिएको छैन । ‘गाडीको मूल्य कति बढ्ने हो निश्चित छैन, अहिले बुकिङ लिएर के गर्ने ?’ रुपेशले भने ।

फोर्ड इन्डियाले गाडीको मूल्य बढ्दैछ भनेर नेपाली आयातकर्ता गो फोर्डलाई जानकारी दिइसकेको छ ।

गो फोर्डका डिजिएम सुनिल क्षेत्रीले कम्पनीले गाडीको मूल्य बढ्दैछ भनेर जानकारी दिए पनि यति नै बढ्छ भन्ने थाहा नदिएको बताए ।

‘विगतमा खासगरी १ देखि २ प्रतिशत मूल्य बढाउने गरिएको छ, भारतमा ४ लाख भारुको गाडीमा १ प्रतिशत भाउ बढेमा ४ हजार भारु बढ्छ, नेपालमा त्यसको पाँच गुना बढी अर्थात २० हजार भारु बढ्छ’ क्षेत्रीले भने ।
सामन्यतया फोर्ड गाडीमा १ देखि २ प्रतिशत भाउ बढेमा नेपालमा ५० देखि एक लाख रुपैयाँसम्म भाउ बढ्ने उनको भनाई छ ।

भारतमा मूल्य बढ्दा नेपाली अटो बजार पनि प्रभावित हुने बताउँछन् टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका उपाध्यक्ष कैलाश राजभण्डारी ।

toyota-etios-cross-final
जापानी लक्जरियस कार निर्माता कम्पनी टोयोटाको ‘इटिअोस क्रस’ कार ।

‘भारतमा गाडीको मूल्य बढ्दैछ भन्ने सुन्नमा आएको छ, आधिकारिक रुपमा जानकारी आएको छैन’ उनले भने- ‘हामीले भारतबाट गाडी ल्याएपनि जापानबाट हृयान्डल हुने हुँदा भारतमा मूल्य बढ्दैमा नेपालमा बढिहाल्छ भन्ने छैन् ।’

टोयोटा गाडीको देशैपिच्छे फरक-फरक मार्केटिङ स्ट्राटेजी रहेको हुँदा नेपालमा भाउ नबढ्न पनि सक्ने उनको भनाइ छ । यदि भारतमा बढेको भाउको आधारमा नेपालमा बढाइएमा त्यसको पाँच गुना बढी नेपाली बजारमा बढ्ने उनले बताए ।

टोयोटा लक्जरीयस गाडीमा सूचीकृत हुँदा र नेपाल आउँदा भारतमा भन्दा २४५ प्रतिशत महंगो भएर आउने गर्छ ।

मारुती सुजुकीको नेपालस्थित बिक्रेता सिजी अटोमोबाइल्सका मार्केटिङ प्रमुख भक्त कटुवालले भाउ बढ्ने निश्चित भइसकेको बताउँदै विस्तृत जानकारी आइनसकेको जानकारी दिए ।

Ford-Figo
फोर्डको फिगो कार ।

कटुवालका अनुसार भारतमा एउटा गाडीको भाउ २०/२५ हजार बढेमा नेपालमा डेढ लाखसम्म बढ्न सक्ने छ ।
‘भारतमा गाडीको भाउ बढ्दैछ, यसको मतलव नेपालमा पनि बढ्दैछ, अब ग्राहकले बढेको भाउमा गाडी किन्नुपर्नेछ, तर यति नै बढ्छ भन्ने निश्चित भइसकेको छैन’ उनले भने ।

-टाइम्स अफ इण्डियाको सहयोगमा  

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?