Comments Add Comment

दीलिप-नन्दिताको बिचमा आउने यूवती को ?(भिडियो)

माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लोग्ने मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा श्रीमान-श्रीमतीको प्रेम, उनीहरुको बिचमा आउने दरारलाई देखाउन खोजिएको छ ।

चलचित्र 'लोग्ने मान्छे'को एक दृश्यमा नन्दिता
चलचित्र ‘लोग्ने मान्छे’को एक दृश्यमा नन्दिता

लय संग्रौलाले निर्देशन गरेको यो चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई प्रदिप मित्तलले निर्माण गरेका हुन् । लय टेलिफिल्म निर्देशनमा सफल मानिन्छन् ।

चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन छ । चलचित्रका परिकल्पनाकार उत्तम केसी हुन् । पूर्ण रुपमा पारिवारिक यो चलचित्रलाई महिला दर्शकले अझ बढी मन पराउने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment