Comments Add Comment

दीपिका, प्रियंका, कट्रिना र करिना उत्कृष्ट आइटम डान्सर

priyanka deepika

फिल्म चलाउन आइटम डान्सको सहारा लिनु बलिउड फिल्मको अनिवार्य सर्तजस्तै बन्न थालेको छ ।
चलेका नायिकाहरु पनि फिल्ममा अतिथि भूमिकामा आइटम डान्स गरेर चित्त बुझाउन थालेका छन् । दर्शकको मनमा छाउन आइटम डान्स यति भरपर्दो फर्मूला बन्यो कि कोही पनि नायिका छोटा बस्त्र लगाएर उत्तेजक आइटम डान्स गर्न नाइनास्ती गर्दैनन् ।
अधिकांश नायिकाले आइटम डान्स गरे पनि ‘टप आइटम डान्सर’को सूचीमा भने केही हिरोइनमात्र परेका छन् ।
भारतीय पत्रिका टाइम्स अफ इन्डिायाले दिपिका पादुकोण, पि्रयंका चोपडा, करिना कपुर र कटि्रना कैफले उत्कृष्ट आइटम डान्सरको बाजी मारेको बताएको छ । को-को हुन त भारतका दश उत्कृष्ट उत्कृष्ट डान्सर ? हरौं यो सूची

दीपिका पादुकोण
फराह खान निर्देशित फिल्म ‘ह्याप्पी न्यु इयर’ ले दर्शकलाई केबल मनोरञ्जन मात्रै दिएन, चलचित्रमा काम गर्ने कलाकारको उचाइ पनि बढाइदियो । यस फिल्ममा आइटम डान्स गरेर दीपिका पादुकोणले प्रसस्त प्रसंसा बटुलिन । उनको लचकदार कम्मरको निकै तारिफ भयो ।
श्रद्धा र इमरान
हिन्दी फिल्म ‘उंगली’ मा श्रद्धा कपुर र इमरान हासमीले गरेको डान्सको पनि राम्रै तारिफ भयो । डान्स बसन्ती…मा वास्तवमै बेजोड अभिनय गरेका थिए उनीहरुले ।
कट्रिना र ऋतिकको हट डान्स
हिन्दी फिल्म ‘बैंग बैंग’ को टाईटल गीतमा नृत्य गरेका छन् ऋतिक रोशन र कटि्रना कैफले । कैटको मादकतापूर्ण पोज र ऋतिकको फाष्ट स्टेपले डान्स निकै उत्कृष्ट बनेको छ ।

katrina ritik
सन्नीको बेबी डोल
सन्नी लियोनको अभिनय रहेको ‘रागीनि एमएमएस २’ रहेको बेबी डोल… बोलको गीतले निकै चर्चा पायो । उक्त गीतमा सन्नीको कामुक भावको निकै तारिफ भएको थियो ।
प्रीयंका र इलियानो
बरुण धवन र इलिआना डि क्रुजले अभिनय गरेको ‘मै तेरा हिरो’ औसत फिल्म रहेपनि बेसर्मी कि हाइट…बोलको गीतले भने निकै राम्रो चर्चा पायो ।
‘सलाम ए इश्क’ मा पि्रयंका चोपडा, रणबीर सिंह र अर्जुन कपुरले गरेको डान्सको पनि निकै तारिफ भएको थियो ।
अजय र करिनाको बेजोज जोडी
सेफ अलि खान, इलियाना डि क्रुज र गोबिन्दाको अभिनय रहेको ‘ह्याप्पी इण्डिङ’को गीत पनि राम्रो भएको प्रतिक्रिया धेरैले दिए ।
सोनम कपुरले डान्स गरेको इन्जिनको सेती..बोलको गीतले पनि दर्शकको मन जित्यो । अजय देबगण र करिना कपुरको मुख्य भुमिका रहेको ‘सिंघम रिटन्र्स’ मा उनीहरुको जोडी निकै सुहाएको चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment