+
+

आगलागीबाट दुई घर ध्वस्त

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १८ गते १२:५०

१८ पुस, चौतारा । सिन्धुपाल्चोकको जलविरे-९ ठाडोपानीमा आगलागी हुँदा दुई घर जलेर ध्वस्त भएका छन् । खड्गबहादुर श्रेष्ठ र उनका भाइ दिलबहादुर श्रेष्ठको घर जल्दा २१ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खाना पकाएर ननिभाइ छाडेको आगो खड्गबहादुरको घरबाट सल्केको थियो । आगोले उनका भाइ दिलबहादुरको समेत दुई तले कच्ची घर जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गएराति १२ बजेबाट सुरु भएको आगो इलाका प्रहरी कार्यालय जलविरेबाट गएका प्रहरी तथा स्थानीयले करिब तीन घन्टाको प्रयासमा निभाएका थिए । आगलागीबाट लत्ताकपडा, अन्नपात तथा भाडावर्तनसहित खड्गबहादुरको ११ लाख ७० हजार रुपैयाँ र दिलबहादुरको नौं लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नोक्सान भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

पीडित परिवार छिमेकीको शरणमा रहेको प्रहरीले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?