+
+

कार्यकर्ता कुटिएकोमा लिम्बुवानको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १८ गते १३:५५

१८ पुस, धरान । तेह्रथुमको शुक्रबारे बजारमा कालो झण्डा गाड्न गएका लिम्वुवान कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै संघीय लिम्बुवान पार्टी नेपालले विरोध गरेको छ ।

पार्टी अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले विज्ञप्ति निकालेर शुक्रबारसम्म पनि पक्राउ परेका कार्यकर्तालाई रिहा नगरे बन्द लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

नयाँ संविधानमा लिम्बुवान राज्य सुनिश्चित नगर्ने षडयन्त्र भैरहेको भन्दै लिम्बुवान कार्यकर्ताहरु तेह्रथुमको शुक्रबारे बजारमा गत विहीबार कालो झण्डा गाड्न गएका थिए । उनीहरुलाई प्रहरीले गुण्डागर्दीको शैलीमा मरणासन्न हुने गरी कुटपीट गरेको र हिरासतमा राखेको लिम्बुवानको आरोप छ ।

प्रहरीको आक्रमणबाट दील प्रतिक्षा पाक्सवा लिम्बु र हेम लिम्बु घाइते भएका छन् । यस्तै पत्रकार प्रकाश पाक्सवा लिम्बुको क्यामरा र ल्यापटप फुटाइएको छ ।

शुक्रबारसम्म घाइतेहरुको उपचार, क्षतिपूर्ति र विनासर्त रिहा नगरे लिम्वुवान बन्द लगायतका आन्दोलन गर्ने विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?