Comments Add Comment

सिंहदरवारमा २४ घन्टादेखि ‘नो लाइट’

No light

१८ पुस, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार २४ घन्टादेखि बत्तिविहीन भएको छ ।

वातावरण मन्त्रालय नजिकै रहेको ट्रान्सफर्मर पडि्कएपछि सिंहदरवारमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा अधिकांश मन्त्रालय तथा विभागहरुको कामकारबाही प्रभावित भएको छ ।

केही मन्त्रालयले जेनेरेटर चलाएका काम गरेको छ भने धेरै काम प्रभावित भएको छ । विद्युत नहुँदा संसदका विभिन्न समितिहरुको बैठक समेत प्रभावित भएको सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो विग्रिएको ट्रान्सर्फमर अझै बनेको छैन । नेपाल विद्युत प्राधिकरणले ममर्तको काम भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment