Comments Add Comment

अध्यक्ष वैद्यको स्वास्थ्यमा पूर्ण सुधार

१८ पुस, काठमाडौं । श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना भएका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएको छ । उनलाई शनिबार वा आइतबार घर पठाउने तयारी भैरहेको छ ।

MOHAN-BAIDHYA-IN-HOSPITALदम र रुघाखोकीले स्वास्थ्यमा समस्या देखिएपछि वैद्यलाई १४ पुसमा नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

वैद्यको उपचारमा संलग्न डा. वृजेन्द्र श्रीवास्तवले स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएको र भोलि वा पर्सिसम्ममा घर पठाइने जानकारी दिए । ‘केही परीक्षणको रिपोर्ट आउन बाँकी छ, त्यो रिपोर्ट हेरेर डिस्चार्ज गर्छौं’ उनले भने ।

बिरामी भएपछि अक्सिजन दिइएकोमा शुक्रबारबाट अक्सिजन दिन छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment