Comments Add Comment

प्रहरीको कुटाइले लिम्बुवान विद्यार्थीको हात भाँचियो

प्रकाश धौलाकोटी

१९ पुस, तेह्रथुम । तेह्रथुममा शशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ ।

ghaiteसशस्त्र प्रहरी बल जिरिखिम्तीका प्रहरी जवानहरुले नियन्त्रण गर्ने क्रममा कुटपिट गर्दा विद्यार्थीे नेता हेम पाक्सावाको हाँत भाँचिएको थियो भने पाटीका जिल्ला सचिव दिल पाक्सावा घाइते भएका थिए । प्रहरीले समाचार संकलनमा गएका स्थानीय पत्रकार प्रकाश पाक्सावालाई ल्यापटप क्यामेरा लगायत सामाग्रीहरु खोसेर कुटपिट समेत गरी तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।

हात भाँचिएका विद्यार्थी नेता पाक्सावालाई हिजै जिल्ला अस्पतालमा भर्ना गरिएपनि उपचार सम्भव नभएपछि शनिबार बिहानै धरान रेफर गरिएको छ ।

घाइते जिल्ला सचिव पाक्सावाको जिल्ला अस्पतालमा सामान्य उपचार पछि र पत्रकार पाक्सावालाई प्रहरीले हिजै रिहा गरेको छ ।
बिहीबार शुक्रबारेबजारमा कालो झण्डा गाडिसकेपछि र्फकने क्रममा पक्राउ गरी कुटपिट गरेको भन्दै शुक्रबार सो पार्टीका केन्द्रिय अध्यक्ष कुमार लिंगदेनले विज्ञप्ति जारी गर्दै घाइतेहरुको उपचार, क्षतिपुर्ति र ससम्मान रिहाइ नगरे तेह्रथुम बन्द गर्ने घोषणा गरेका थिए । तर शुक्रबार जिल्ला प्रशासन कार्यालय तेह्रथुमको संयोजनमा बसेको सर्वदलीप बैठकबाट प्रशासनले उपचार र क्षतिपुर्ति दिने सहमति पछि आन्दोलन फिर्ता गरेको थियो ।

यता प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने घाइतेहरुलाई उपचारको व्यवस्था गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment