Comments Add Comment

आफन्तलाई जानकारी नदिइ शव उठाउँदा अरनिको राजमार्ग अवरुद्ध

१९ पुस, काभ्रे । प्रहरीले आफूलाई खबर नै नगरी मृतको शव उठाएको भन्दै मृतकका आफन्तले अरनिको राजमार्ग बन्द गरेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नंम्वर ३ लामीडाडाँका २२ वर्षका ज्ञानु ठकुरीकोे मृत्यु भएको थियो । उनको मृत्युको कारण खुल्न नसकेको तथा प्रहरीले आफन्तलाई जानकारी नदिई शव उठाएको भन्दै राजमार्ग बन्द गरिएको आफन्तले जनाएका छन् ।

इलाका प्रहरी कार्यलय बनेपाबाट गएको प्रहरी नायक निरिक्षक बाबुराम झाको नेतृत्वको टोलीले ठकुरीको शवलाई उठाएर सदरमुकाम धुलिखेल ल्याएको थियो ।

स्थानिय र आफन्तले अरनिको राजमार्गको हाईवेमा ठकुरीको मृत्यु हुनु, प्रहरीले आफन्तलाई खबर नगरी शव उठाउनु शंकास्पद भएको भन्दै यसको छानविन हुनुपर्ने माग गरेका छन् ।

शिखर चिमौरीयाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment