+
+

डडेल्धुराको बागबजारमा आगलागी, २ दर्जन घर जले

२० पुस, डडेल्धुरा । डडेल्धुराको बागबजारमा आगलागी हुदा दुई दर्जन घर पसल जलेर नष्ट भएकाछन् ।
आइतबार बिहान १ बजे बाट सुरु भएको आगलागी ६ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते ९:०३

भरत खत्री
२० पुस, डडेल्धुरा । डडेल्धुराको बागबजारमा आगलागी हुदा दुई दर्जन घर पसल जलेर नष्ट भएकाछन् ।

आइतबार बिहान १ बजे बाट सुरु भएको आगलागी ६ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । शुभम सिलाई सेन्टरबाट कपडामा लगाउने आइरनबाट आगो शुरु भएको थियो । आगो नियन्त्रण गर्न समयमै बारुण यन्त्र नपुगेकाले बढी क्षति भएको स्थानीयले बताएका छन् ।

आगलागीबाट सरोज फेन्सी स्टोर, न्यू शिद्धबाबा सुनचाँदी पसल, महाकाली मोबाइल ग्यालरी, जगदम्बा मोबाईल ग्यालरी, जयकाली ट्रेड, मडै सुज सेन्टरलगायतका दुइ दर्जन भन्दा बढी पसल जलेका छन् । जेसीपी र एक्साभेक्टर लगाएर आगो लाग्दै गरेका घर भत्काएपछि अझ बढी क्षति हुनबाट रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?