Comments Add Comment

‘मधेसी मोर्चा आत्मसमर्पणवादी, सीके राउत अतिवादी’

२० पुस, काठमाडौं । विजय गच्छदार नेतृत्वको मधेसी मोर्चाको काउन्टरमा मातृका यादवसहितको अर्को मोर्चा बनेको छ ।

matrika-yadavनेकपा (माओवादी)का संयोजक मातृका यादव र संघीय समाजवादी छाडेका गोपाल ठाकुरसहितका नेताहरुले मिलेर संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति बनाएका हुन् ।

समितिले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा र पद्मरत्न तुलाधरको नेतृत्वमा रहेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनसँग सहकार्य गरेर आन्दोलन गर्ने माओवादीका संयोजक मातृका यादवले बताए ।

यादवका अनुसार आन्दोलन समितिमा माओवादी र मधेसवादी दलका नेताहरु पनि छन् । जेपी गुप्तासहितका नेताहरुसँग पनि छलफल भइरहेको उनले बताए ।

संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले समग्र मधेस प्रदेशका लागि आन्दोलन गर्ने यादवले बताए । ‘समग्र मधेस प्रदेशका लागि आन्दोलन गछौं’ यादवले भने-‘मधेस दुई बटा हुन सक्दैन । तर, थारु समुदायले अलगै बस्छौं भन्नुहुन्छ भने यसमा छलफल गर्न सकिन्छ । थरुहटबारे हामी रिजिड छैनौं ।’

समितिमा आबद्ध गोपाल ठाकुरले मधेश एउटा सिंगै राष्ट्र भएको भन्दै यसलाई टुक्राउन नदिने बताए । ‘ शासकहरुले यसलाई टुक्राउन खोजेका छन्, हामी मान्दैनौं र यसका विरुद्ध आन्दोलन गर्छौं’ ठाकुरले भने ।

मधेसी मोर्चा आत्मसमर्पणवादी

एमाओवादीबाट छुटि्टएर नेकपा (माओवादी)का बनाएका यादवले विजय गच्छदार, उपेन्द्र यादव, महन्थ ठाकुरसहितको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आत्मसमर्पणवादी भएको बताए ।

सीके राउत, गोइत लगायत अतिवादी भएको निष्कर्ष सुनाउँदै यादवले भने-यो तत्काल सम्भव छैन । त्यसैले हाम्रो एजेण्डामा आउनुस् भनेर आहृवान गरेका छौं ।’ आफूहरुले मधेसको पहिचान सहितको सम्वृद्ध नेपालको पक्षमा रहेको यादवले बताए ।

जेपी र सरिताको सहकार्य

यसैबीच जय प्रकाश गुप्ता संयोजक रहेको तराई मधेस राष्ट्रीय अभियान र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच सहकार्य हुने भएको छ । तमराअ र नेपाल सद्भावनासहित तराई मधेस फोरम र सोसल रिपब्लिकन पार्टीबीच सहकार्यको सहमति भएको हो ।

समग्र मधेस एक प्रदेशको स्थापनाका लागि आन्दोलनको विकल्प नभएको चार दलको निष्कर्ष छ । समग्र मधेसलाई एक प्रादेशिक मान्यता नदिनु नै मधेसी समुदायलाई चिरन्तर कालसम्म गुलाम बनाउन खोज्नु हो-संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment