Comments Add Comment

काठमाडौंमा ‘महिलामैत्री यातायात सेवा’ सुरु

२० पुस, काठमाडौं । वाग्मती यातायात व्यवसायी संघले आइतबारदेखि काठमाडौंमा ‘महिलामैत्री यातायात सेवा’ सञ्चालनमा ल्याएको छ ।

संघले कलङ्कीदेखि त्रिपुरेश्वर हुँदै भक्तपुरको कौशलटारसम्म करिब १४ किलोमिटरको दूरीमा १७ सिटका चारवटा मिनीबस महिलाका लागि सञ्चालन गरी दुईतर्फी आवतजावतको व्यवस्था गरेको हो ।

सङ्घका अध्यक्ष भरत नेपाल, व्यवसायी योगेन्द्रनाथ कर्माचार्यलगायतले यस किसिमको महिलामैत्री व्यवस्थालाई अन्य सवारी रुटमा पनि बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले समयको माग तथा यात्रुको बढ्दै गएको चापअनुसार काठमाडौँ उपत्यकामा अब सार्वजनिक यातायातका रुपमा ठूला गाडी छिट्टै सञ्चालन गर्न लागिएको बताए ।

महानगरीय ट्राफिक प्रहरी परिसरका प्रवक्ता वसन्त पन्तले विभिन्न भाडाका सवारी साधनमा यात्रुलाई आरक्षणको नियम पालना गर्न आग्रह गर्दै नियमको उल्लङ्घन गर्ने यात्रु तथा सवारी चालकलाई कारबाही गरिँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment