Comments Add Comment

महिलालाई बहोस बनाएर लुट्ने गिरोह पक्राऊ

२० पुस, चितवन । सोझा सिधा महिलालाई बिभिन्न नाता लगाएर भेट्ने र बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर मनहरीका ४९ वर्षीय बिष्णुवहादुर थापा, धादिङ महादेवस्थानका ३० वर्षीया पूर्णबहादुर तामाङ र सिन्धुपाल्चोक पिपलडाँडाका ५७ वर्षीय कुमार बस्नेत रहेको प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिए ।

यो गिरोहले चितवनका बिभिन्न अस्पतालहरुमा उपचार गर्न आउने महिला तथा सरकारी कार्यालय र भिडभाड हुने ठाउँमा भेट हुने महिलाहरुलाई फकाएर आफ्नो जालमा पार्ने गरेको थियो ।

महिलालाई फकाउने, नाता सम्बन्ध लगाउने र जुस, चीया, पानी लगायतका खाने कुरामा बेहोस हुने औषधि मिसाई खुवाउने र उनीहरुका गरगहना लुट्ने गरेको प्रहरीले जनाएको छ ।

हालसम्म यो गिरोहले करीव २४ तोला सुनका गरगहना सहित १३ लाख रुपैयाँ बराबरको लुटपाट गरेको कुँवरले बताए ।

यो गिरोहबाट लुटिनेमा चितवन भरतपुरकी सन्तमाया बस्नेत, गुन्जनगरकी चित्रकला उपाध्याय, माडीकी दुर्गादेवी बस्याल, रत्ननगरकी हरिमाया घिमिरे, बुटवल शिवनगरकी प्रतिमा खनाल, नवलपरासी रजहरकी हरिमाया थापा र गोरखा दुवाकोटकी सितारी कुमाल छन् ।

अभियुक्तहरुलाई जबर्जस्ति चोरी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment