Comments Add Comment

केरुङ-रसुवा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विकास समितिको निर्देशन

२१ पुस, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले केरुङ रसुवा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ ।

china-relसमितिले सोमबार रेल विभागका महानिर्देशक अनन्त आचार्यसँग छलफल गरेको थियो । लगत्तै तिब्बतको केरुङसम्म ल्याएको रेललाई नेपालको रसुवासम्म ल्याउनेबारे अध्ययन गर्न निर्देशन दिएको हो ।

चीनले केही महिनाअघि नेपालको सीमा केरुङसम्म रेल विस्तार सुरु गरिसकेको छ । गत साउनमा ल्हासा हुँदै सिगात्से आइपुगेको रेललाई ६ वर्षभित्र नेपालको सीमा क्षेत्र केरुङसम्म जोड्ने घोषणा गरेको थियो ।

ल्हासा सिगात्से रेलमार्ग भने बनिसकेको छ । चीनले सन् २०२० भित्र यसलाई नेपाल, भारत र भुटानको सीमासम्म विस्तार गरिने बताएको छ ।

यो समाचार पनि पढ्नुहोस् : चिनियाँ रेल ६ वर्षपछि नेपालमा जोडिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment