Comments Add Comment

रेडक्रसले सन् २०१५ मा साढे २८ करोड खर्च गर्ने

२१ पुस, चितवन । नेपाल रेडक्रस सोसाइटीले सन् २०१५ मा विपद् व्यवस्थापनका लागि २८ करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । चितवनको सौराहामा सम्पन्न तीनदिने बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीले विपद् व्यवस्थापनका विविध क्रियाकलाप र बजेट पारित गरेको हो ।

redcrossकार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले लक्षित समुह र विभिन्न संघसंस्थाको संयुक्त उपस्थितिमा बार्षिक कार्यक्रम तय गरिएकाले यसको कार्यान्वयन पनि उत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष थापाले रेडक्रस मानवीय सेवामा समर्पित संस्था भएकाले विपद् र यसका विभिन्न पाटामा समुदायसँग हातेमालो गर्न सँधै तयार रहेको समेत बताए ।

नेपाल सरकारको विपद् जोखिम न्यूनिकरणका लागि राष्ट्रिय विपद जोखिम रणनीतिलाई टेवा पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको विपद् ब्यवस्थापन विभागमार्फत् रणनीतिक ढाँचा तयार गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment