Comments Add Comment

रुपन्देहीमा ग्यास अभाव : डिपो प्रमुखलाई सिडियोले दिए कारवाहीको चेतावनी

सलमान खान
२१ पुस, भैरहवा । रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको हाहाकार मच्चिएको छ । कतिपय डिपोले चर्को मूल्य लिएर बेच्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।

उपभोक्ताको गुनासो बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारी डिपोका प्रमुखलाई आपूर्तिको सहज व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर रुपन्देही आएका रायमाझीले सार्बजनिक कार्यक्रममा फोन गरेर निगमका क्षेत्रिय प्रमुख दिनेशकुमार यादवलाई तत्काल सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा सोमबार गरेको पत्रकार सम्मेलनमा रायमाझीले भने यादवलाई पत्रकारहरुको सामुन्ने टेलिफोन गरेर कारवजाहीको चेतावनी समेत दिए ।

प्रमुख जिल्ला अधिकारी रायमाझीले भने, ‘के हो हाकिम सा’ब तपाईले भन्नुहुन्छ बजारमा ग्यास अभाव छैन भनेर तर यहाँ त हाहाकार मच्चिएको छ भन्ने गुनासो आएको आएकै छ, भोलीदेखि बजारमा ग्याँस नपाइए तपाईंलाई कारवाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment