Comments Add Comment

चार दलको बैठकमा ३० दलीय मोर्चाको अवधारणा पेश (प्रस्तावसहित)

२१ पुस, काठमाडौं । एमाओवादी र मधेसी मोर्चाले चार दलको बैठकमा संविधानका विवादित विषयमा ३० दलीय मोर्चाले बनाएको साझा अवधारणा पेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटामा बसेको बैठकमा माओवादी र मधेसी मोर्चाले पहिचानमा आधारित १० प्रदेश र फ्रेन्च मोडलको शासकीय स्वरुप प्रस्ताव गरेका छन् ।

बैठकमा कुनै सहमति भने भएन । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार कांग्रेस र एमाओवादी तथा मधेसी मोर्चाका बीचमा छलफल हुने र दिउँसो पुनः चार पक्षको संयुक्त बैठक बस्ने जानकारी दिए ।

सम्झौताको मिलनबिन्दु के हुन सक्छ भनेर आफूहरुले कांग्रेस र एमालेलाई प्रस्ताव गरेको भन्दै उनले सत्तारुढ दलले ल्याउने प्रस्तावका आधारमा थप छलफल हुने बताउनुभयो ।

काँग्रेस र एमालेले भने सहमतिको आधार आफूहरुको तर्फबाट पेस गर्ने वचन एमाओवादी र मधेसी मोर्चालाई दिएको बताइएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले भने सहमति हुने वा नहुने विषय काँग्रेस र एमालेको हातमा रहेको बताए ।

30-party-prastab 30-party-prastab-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment