+
+

मनकामना घुम्नजाँदा अपहरणमा परेका पर्यटकको लेकसाइडबाट उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २२ गते ७:१६

२२ पुस, काठमाडौं । अपहरणमा परेका भारतीय पर्यटकको २४ घन्टामा उद्धार गर्न कास्की प्रहरी सफल भएको छ। अपहरणमा परेका भारत नौतुनाका अमृतपाल सिङ र गुरुदिप सिङलाई प्रहरीले पोखराको लेकसाइडस्थित हङकङ होटलबाट उद्धार गरेको हो।

cable-car

मनकामना घुम्न जॉदा आइतबार दिउँसो अपहरणमा परेका ६ जना भारतीय मध्ये ४ जनालाई ३५ हजार रुपैयाँ लिएर सोमबार बिहानै होटल हङकङबाट छाडिएको थियो भने दुईजनालाई बन्धक बनाएर होटेलमै राखिएको थियो। प्रहरीले विशेष सूचनाका आधारमा होटललाई घेराउ हालेर उनीहरूको उद्धार गरेको हो।

पक्राउ पर्ने अपहरणकारीमा तीन भारतीय र तीन नेपाली छन्। भारतको नौतुनाका एउटै गाउॅका राजेन्द्र प्रसाल कशौधन, राजेश कशौधन र महाजन गुप्ता छन्। त्यसैगरीपक्राउ पर्नेमाम्याग्दी घर भइ हाल लेकसाइड बस्ने कमल पुन मगर, कास्कीको सिक्लेस घर भएका बर्ष ३० का रोहित सुनार, स्याङजा चिन्नेवास घर भई बुद्धचोक बस्ने बर्ष २६ का सुरज सेन छन्। उनीहरुले भारतीय अपहरणकारीलाई अपहरण गर्न सघाएको प्रहरीको अनुसन्धानबाट देखिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अपहरणकारीले अपहरणमा परेकाका बाबुसँग ५० लाख रुपैयाँमाग गरेपछि छोरा छुटाउन उनका बाबु भैरहवा आएको प्रहरीले बिशेष सूचना पाएपछि सोमबार दिउँसो साढे १२ बजे कास्की प्रहरीले अपहरणमा परेकाहरूलाई पोखराको लेकसाइड स्थित हङकङ होटलबाट सकुसल उद्धार गर्न सफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?