Comments Add Comment

केएल टावरबाट हाम फाल्दा एक युवकको मृत्यु

२५ पुस, काठमाडौं । काठमाडौं चाबहिलको केएल टावरबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ ।

टावरको पाँचौ तलाबाट खसेर मुस्ताङको कोवाङ घर भई गोंगबु बस्ने ३३ वर्षका विष्णु शेरचनको निधन भएको हो । घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल ओम अस्पताल लगिएको थियो ।

थ्प उपचारका लागि शिषण अस्पताल लगिएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । मृतक शेरचन मानसिक रोगको उपचार गराइरहेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment